Kohalpur Today Header Ads

लुम्बनी प्रदेश सहित तीन प्रदेशमा धेरै भारी वर्षा हुने




काठमाण्डाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ।

LIfe Ok

मौसमविद् विनोद पोखरेलले केही समय निष्क्रियजस्तो रहेको मनसुन पूर्वी नेपालबाट सक्रिय भएको बताएका छन्। आइतबार बिहानसम्म चुरे र पहाडी छेत्रमा अति भारी र्षा हुने सम्भावना उनले औंल्याएका छन्।

आइतबार लुम्बनी प्रदेशलगायत कर्णाली, बागमती र गण्डकीमा भारी वर्षा हुने र आज राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

विज्ञागले पनि कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आइतबार राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार