
कोहलपुर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) कोहलपुरले आयोजना गरेको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मावितर्फ ग्रिन पिसले उपाधि उचालेको छ भने आवितर्फ गोर्खा यूनाईटेड पब्लिक स्कुलले उपाधि उचालेको छ ।
मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगितामा मावि तर्फ ग्रिन पिसले ८ स्वर्ण, गोर्खा यूनाईटेडले ५ स्वर्ण र डाइनामिकले २ स्वर्ण पदक सहित तृतीय हुन सफल भएको हो ।
यस्तै आधारधूत तहतर्फ रनिङ शिल्डमा २ स्वर्ण, २ रजत र २ कास्यसहित गोरखा युनाइटेड पब्लिक स्कूलले उपाधि जितेको छ । २ स्वर्ण, २ रजत र १ कास्य पदकसहित निम्बल एकेडेमी द्वितीय र २ स्वर्ण, १ कास्य र १ रजत पदकसहित जीवन ज्योति माध्यमिक विद्यालय तृतीय भएको छ ।
माध्यमिक तह (९–१२) एथलेटिक्सतर्फ पनि ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र डायमिक सेकेण्डरी स्कूल तृतीय भएका छन् ।
आधारधूत तह (१–८) एथलेटिक्सतर्फ भने निम्बल एकेडेमी प्रथम, एभरेष्ट सैनिक स्कूल द्धितीय र जीवन ज्योति स्कूल तृतीय भएका छन् ।
प्रतियोगितामा माध्यमिक तहमा छात्रछात्रातर्फ गोरखा युनाइटेड पब्लिक स्कूलका छात्र समीर बस्नेत र छात्रा कल्पना बुढाले उत्कृष्ट खेलाडी घोषित भए ।
आधारभूत तहतर्फ निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा र एभरेष्ट सैनिक स्कूललाई छात्रा साधना राना उत्कृष्ट खेलाडी घोषित भए ।
माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाएका थिए । यस्तै आधारभूत तह (१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी–३) तर्फ १२० जना गरी कूल ९६० जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाले सहभागिता जनाएर प्रतिष्पर्धा गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्