Kohalpur Today Header Ads




कल्पेर
सन्तानको सुनौलो भविष्य
’बुवा’ सहर झर्नुभयो
मलाई एक नम्बर स्कुलमा
भर्ना गर्नुभयो।

आफ्ना सपनाहरूमा मैलाई रोजेर
आँखाको नानीभित्र मैलाई खोजेर
पहाडका दुःखहरूलाई बिदा गर्न
उहाँ मैदानतिर सर्नुभयो।

एउटा नगर
जहाँ चेतना उम्रन्छ भनेर
एउटा सभ्यता
जहाँ सिर्जना हुर्कन्छ भनेर
एउटा बगैँचा
जहाँ कोपिला फक्रन्छ भनेर
यहाँसम्म आइपुग्न
उहाँले थुप्रै नदीहरू तर्नुभय‍ो।

LIfe Ok

सजिएर
कोट,पाइन्ट,बुट र टाईमा
बस चढेर विद्यालय जाँदै गरेको
छोरोलाई देखेर
उहाँ दङ्गदास पर्नुभयो।

समय,साँच्चिकै कठोर हुँदोरहेछ!
त्यही सहर हो
जसले विलासिता बनेर
मलाई पछ्याइरह्यो
सम्भ्रान्तता बनेर सर्वदा
जिस्काइरह्यो
सुखमा हुर्किरहेको अलमस्त
सम्बन्धहरूसँगै
धुलो,धुवाँ र लिकुरका गर्तहरूमा
मलाई भुलाइरह्यो।

अझै पनि
बुवाका सपनाहरूले
फक्रिएका कोपिलाहरूतिरै
दृष्टि दिइरहेका छन्
उहाँका आशाले
सफलताको एउटा शिखर चुमेको
अमृत पिइरहेका छन्।

म भने
बुवाको त्यही थाती पुगेर
गाउँबाट पहाड हेरिरहेको छु
र दृष्य……

अनौठो देखिरहेको छु,
सोहोरेर
संसारभरकै सौन्दर्य
एउटा फूल मुस्कुराइरहेको थियो
त्यो लहरामा थियो
विकट पहरामा थियो।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ९ गते सोमबार