कोहलपुर । बाँके सेवा समाज कतारले क्यान्सर रोगबाट पीडित बाँकेको खजुरा गाउँपालिका वडा न -६ का नगेन्द्र सुनारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष गोविन्द जङ्ग शाह र महासचिव गुमान सिंह खत्रीको विशेष पहलमा लामो समय देखि क्यान्सरबाट पीडित सुनार लाई १ लाख १ सय १० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सुनार को बारेमा सोही ठाउँका पुर्ण सुनारले १७ नोभेम्बर २०२४ मा सस्था लाई मौखिक तथा लिखित रुपमा जानकारी गराएका थिए । सो जानकारी प्राप्त भइ सकेपछि सस्थाका अध्यक्ष गोविन्द जङ्ग शाह र महासचिव गुमान सिह खत्रीको पहलमा कतारमा रहेका बाँकेबासी युवा तथा अन्य जिल्लाबाट रोजगारीका लागि कतारमा रहेका युवाहरुको सहयोगले पीडित क्यान्सर रोगी नगेन्द्र सुनार लाई आर्थिक सहयोग गरिएको बाँके सेवा समाज कतारले जनाएको छ ।
क्यान्सर पीडित सुनारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको थियो । यसैबीच बाँकेका संचारकर्मी कृष्ण अधिकारीले क्यान्सर पीडित सुनारलाई थप ५ हजार रुपैयाँ सहयोग गरेका छ्न ।
सुनारलाई खजुरा गाउँ पालिका ६ वडा कार्यालयको प्राङ्गणमा शनिबार जनप्रतिनिधि लगायत विभिन्न समाजिक संघ संस्थाहरुको उपस्थितिमा बाँके सेवा समाज कतारका सह कोषाध्यक्ष ओम खत्री र सदस्य टेक सुनारले पीडितलाई सो रकम हस्तान्तरण गरेका थिए ।
सो अभियानमा आर्थिक सहयोग गर्ने सवैमा बाँके सेवा समाज कतारले धन्यवाद ज्ञापन गरेको छ । सन २०१६ मा स्थापना भएको बाके सेवा समाज कतारले स्थापना कालदेखि कतारमा विभिन्न रोजगारीको सिलसिलामा दुख पाएका पीडित, रोगी, अपाङ्ग जस्ता बाँकेवासी तथा गैर बाँकेवासी श्रमिकहरुलाई बेला बेलामा आर्थिक सहयोग गर्दै आइरहेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्