क्यानडामा एक नेपाली छात्रा सामूहिक बलात्कारमा परेकी छन्। डिसेम्बर २४ मा क्यानडाको ओन्टारियोमा ती छात्रामाथि सामूहिक बलात्कार भएको हो।
एनआरएनए क्यानडाका अनुसार ती युवतीलाई आफ्ना साथीले घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए। नेपाली युवाले घरमा बोलाएर लट्ठ्याउने औषधी खुवाएको र ७ घण्टापछि होसमा आउँदा बेडभरी रगतै रगत देखिएको बताइएको छ।
बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई जमानीमा छाडेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार













प्रतिक्रिया दिनुहोस्