
काठमाडौं । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन, नेपालले आफ्नो पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। सम्मेलनले बाँकेका पिएस (पिएस) शर्मालाई केन्द्रीय सचिवमा चयन गरेको हो।
यसअघि ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ नामले परिचित संगठनले सम्मेलनमार्फत नाम परिवर्तन गर्दै अबदेखि ‘कम्युनिस्ट युवा संगठन, नेपाल’ नाम प्रयोग गर्ने निर्णय गरेको छ।
सचिवमा चयन भएका शर्मा संगठनभित्र जुझारु, सैद्धान्तिक र क्रान्तिकारी कार्यशैलीका कारण परिचित छन्। शर्मासँगै कञ्चनपुरका दिपेन्द्र सिंह ऐरी, कास्कीका लोकेन्द्र राई र भीम सुर्खेती पनि सचिवमा चयन भएका छन्।
सम्मेलनले हरिष भट्टको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। समितिमा भुवन रम्तेल महासचिव, प्रमोद सिंह उपाध्यक्ष, र ज्योतिष कुमार राय कोषाध्यक्षमा चयन भएका छन्।
संगठनले नाम र नेतृत्वसँगै कार्यक्रम पनि परिमार्जन गर्दै गएको छ। विशेष गरी भ्रष्टाचारविरुद्ध संघर्षलाई प्राथमिकतामा राखेर सशक्त कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ। वैज्ञानिक समाजवादको मार्गचित्रमा अगाडि बढ्ने संकल्प पनि सम्मेलनले व्यक्त गरेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्