जन्मदर्ता नगरेको भन्दै एमाले नेताले कुटे वडा सचिव




बर्दिया ।

बर्दियाका नेकपा एमालेको नेताले वडा सचिव कुटेका छन् । नेकपा एमाले बर्दियाका सचिवालय सदस्य तथा नगर इन्चार्ज नयन बहादुर खत्रीले बर्दीया बाँसगढि नगरपालिका वाड नम्बर ३ का वडा सचिव यज्ञ पाैडेल माथि कुटपिट गरेका छन् ।

जन्मदर्ता नगरेको भन्दै खत्रीले कार्यलयमा पुगेर वडासचिव पौडेल माथी कुटपिट गरेका थिए। वडा सचिवले प्रक्रिया नपुगेकोले जन्मदर्ता गर्न नसक्ने, प्रक्रिया मिलाएर ल्याउन भने पछि आक्राेसित खत्रीले एक्कासि वेहाेस हुने गरि वडासचिव माथी कुटपिट सुरु गरेका थिए।

वडासचिव पाैडेलकाे वाँसगढि काैशल्या अस्पतालमा उपचार भैरहेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला नेता हरि पाैडेलले जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार