कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको योग एवम् प्रकृतिक स्वास्थ्य समाज नेपालको १० औ बार्षिक साधारण सभा मनाएको छ । आइतबार बाँके क्षेत्र नं. १ का संघिय प्रतिनिधि सभाका सदस्य सुर्य ढकालले योग एवम् प्रकृतिक स्वास्थ्य समाज नेपालको १० औ बार्षिक साधारण सभाको उद्घाटन गरेका थिए ।
उद्घाटनमा बाल्दै ढकालले योग एवम् प्रकृतिक स्वास्थ्य समाज नेपालको भवन सम्पन्न गर्न आफूले पहल कदमी र योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईहरुले पठाएका डकुमेन्टहरु बोकेर मन्त्रालय धाउने काम गरिहाल्छु, ‘केन्द्र र प्रदेशको स्वास्थ्य मन्त्रालयमा पैरबी, लविङ्ग गर्ने र बजेट पार्ने पूर्ण सहयोग हुनेछ’ उनले भने ।

यस्तै योग एवम् प्रकृतिक स्वास्थ्य समाज नेपालका अध्यक्ष नम प्रसाद शर्माले २०७८ साल आश्विन ५ गतेबाट गरेका २० वटा महत्वपूर्ण कामको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा ७ बुँदाहरुमा भावि कार्यक्रम र योजना समेत राखेका थिए ।

उनको अस्पतालको भवन निर्माणका लागि तत्कालिन भूमि व्यवस्था तथा कृषि मन्त्री आरती पौडेलद्धारा ४० लाख र नेपाल सरकारका खेलकुद मन्त्री महेश्वरगहतराज अथकले ४० लाख उपलब्ध गराउनु भएको समेत प्रतिवेदनमा उल्लेख छ । यस्तै समितिको २०७९ कार्तिक १५ गतेको निर्णय अनुसार १५ वटा पहिलो चरणमा उपचार सेवा दिने भनी निर्णय गरेको र अहिले सेवा दिइरहेको प्रतिवेदनमा उल्लेख छ । थप भवन पुरा गर्नका लागि स्थानिय, प्रदेश र केन्द्रमा बजेटको माग गर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कार्यक्रम कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुट बहादुर रावत, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, संस्थाका संस्थापक सदस्य, सदस्य लगायत पदाअधिकारीहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव दामोदर भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्