Kohalpur Today Header Ads

भोलि विप्लवसहितका वाम घटकको नेपाल बन्द गर्ने घोषणा (पत्र सहित)




सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

सरकारले भोलि नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

LIfe Ok

पत्र सहित हेर्नुहाेस् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार