जाजरकोट नलगाडमा बाेलेराे दुर्घटना हुँदा ५ जनाकाे मृत्यु




जाजरकोट । नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बाेलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ग ३ च ९४४५ नम्बरको कालीमाटीबाट करुवा जाँदै गरेको बाेलेरो नलगाड नगरपालिकाको बिरखाेलामा हिजो राति दुर्घटना भएको हो ।
दुर्घटना परेर नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा , १८ बर्षीय लक्ष्मी पुन राेका र उनकी नाबालक छोरा आलाेचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रहरीका अनुसार घाइते मध्य एक जनाकाे उपचार भइरहेको र एक जनालाई डिस्चार्ज गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २७ गते बिहीबार