को हुन नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्य ?




बुबा हिराला आचार्य तथा माता इृन्दिरा आचार्यको कोखबाट वि.सं. २०४३ सालमा सल्यान जिल्ला साविक कालागाउँ गा.वि.स. हाल कुमाख गाउँपालिकामा जन्म भएका थिए । उनको सानै उमेर देखि निकै जिज्ञासु तथा मेहनाति एवम् दरो तथा खरो स्वभाव थियो ।

त्यसबेला द्वन्द कालको समयमा उक्त स्थानमा बसोबास गर्न निकै जटिल अवस्थाको सिर्जना भएपछि उनी रउनको परिवार बर्दिया जिल्लाको राजापुरमा विस्थापित भएर आएका हुन् । पछि वि.सं. २०५७ सालमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपरिमा स्थायी रुपमा बसोवास गर्दे आएका आचार्यले माध्यमिक तहको शिक्षा त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर, प्रमाणपत्र तह बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, स्नातक तह सुर्खेत शिक्षा क्याम्पस सुर्खेत र स्नातकोत्तर तह त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर बाट पुरा गर्नु गरेका छन् । उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट रानीतक शास्त्रमा पनि स्नातकोत्तर तह उतिर्ण गरेका एक अध्ययनशिल तथा जोशिला र योग्य, सक्षम युवा हुन् । एक सामान्य तथा राजनीतज्ञ परिवारमा जन्मेका आचार्य सामान्य रुपमा सामान्य ढंगको पारिवारिक पृष्ठभूमिमा हुर्केका युवा हुन् । उनी निकै सरल, नम्र तथा भलादमी पाराको व्यक्ति हुन् । उनी आम व्यक्तिको मानसपटलमा रहेका छन् ।

आधार बनाई विगत २० वर्ष देखि (पछिल्ला ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला सभापति रहको) निरन्तर विद्यार्थी राजनीतिमा क्रियासिल रहेको र सालिन र भद्र विद्यार्थी नेताकारुपमा स्थापित छन् । उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा बागेश्वरी क्याम्पसमा उम्मेदवारी दिएर पराजित भएपनि उनको रानिीतक यात्रामा कहिल्यै आँच आएन र निराश पनि भएनान् । उनी विगत २० वर्ष देखि अनवरत रुपमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रुपमा काम गर्दै विगत ८ वर्ष देखि बाँके जिल्ला सभापति समेत छन् । तर राजनीतलाई निष्ठापूर्वक नीति तथा विधिमा मानेर अगाडी बढ्ने सोचले नगरप्रमुखको उम्मेदवारी पाउनु केहिदिन अगाडी नेपाल विद्यार्थीसंघको ३२ वर्षे विधान अनुसार पदमा बस्ने उमेरको हदबन्दिको नैतिकतालाई शिरोधार्य गर्दै नेपाल विद्यार्थी संघको सभापतिपदलाई कार्यवाहक रुपमा उपसभापतिमा हस्तानतर०ा गरेका छन् के उनी निष्ठाको राजनीत गर्दछन् वा गर्दैनान् यसबाट प्रमाणित हुन्छ ।

आजभोली पदछोड्ने सवालमा कैयनको आँखाबाट आँशु मात्र होइन घर खेत गएजस्तो गर्दछन् तर उनले यो आधारलाई केहिदिन मात्र पुष्टि गरेका छन् । नेपाल विद्यार्थी संघको सभापति हुँदा सहिद चोक बहादुर खत्री र जागेश्वर थारुको नाममा गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि पवित्र कार्य अक्ष्यकोषको निमार्ण गर्न सफल हुनु भएको छ । कोभिड १९ को समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान संचालन गरी आम नागरिकको घर घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा कााधमा काँध मिलाउदै आर्थिक, भौतिक, स्वास्थ्य, खाद्यान्न सहयोग गरी सामाजिक जनताका घरघरमा पुगेर सहयोग गरेका थिए । उनी सामाजिक कार्यमा सधै आम जनाताको घर घरमा गएर जुनसुकै क्षेत्रमा साथ दिने व्यक्ति हुन् । समाजिक कार्यमा सहयोग गर्नु आफनो कर्तव्य ठान्ने युवा नेता हुन् । नेपाली कांग्रेस पाटीको १३ औँ महाधिवेसनमा मध्य तथा सुदुर पश्चिमकै कान्छो महाधिवेसन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसन बाट महाधिवेसन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा लोकप्रिय नेताका रुपमा अत्याधिक मतले विजयी भएका हुन् ।

समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा प्रत्यक्ष केन्द्रीय नेताहरुसंग पहुँच भएका र भोली कोहलपुरको विकासको लागि उनीमा फरक खालको भिजन रहेका युवा हुन् । कोहलपुरमा रहेका विभिन्न वर्ग, जात, धर्म, लिङ्ग, क्षेत्र र समुदायका जेष्ठनागरिक तथा नयाँ पुस्ताको सेतुका रुपमा प्रस्तुत हुन सक्ने क्षमतावान, स्थानिय तह देखि केन्द्र स्तरका साझा सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेर कुशल एवम् सफल नेतृत्व गरेको अनुभव रहेको छ । कोहलपुर नगरले मात्र नभइ सिङ्गो बाँके जिल्लाले भावी दिनमा पाटीको केन्द्रीय तहको नेतृत्वमा समेत पुग्नसक्ने आशा र भरोसा गरेको व्यक्ति भएका युवा हुन् उनी । उनले कोहलपुरको विकासको लागि कोहलपुरलाई शैक्षिक हव बनाउने, स्वास्थ्य क्षेत्रमा हव, पर्यटनको हव, खेलकुलको हव मात्र होइन आम युवाहरुको रोजगारीलाई ध्यान दिएर अगाडी बढ्ने सवालमा उनको भिजन रहेको छ । त्यति मात्र होइन उनले जेष्ठ नागरिकको लागि सम्मान, एकल महिलाहरुको लागि भत्ता सहित सहजता, गरिवहरुको लागि गरिवी निवारण मात्र होइन तयसको निर्मुलीकरण गर्ने योजना रहेको छ । त्यसैले पनि एक पटक उनका यि विविध भिजनलाई हेर्नको लागि पनि यस पटकको स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदको निरविकल्प उम्मेदवार पूर्ण प्रसाद आचार्य रहेको जानकारी सहित अत्याधिक बहुमते विजय गराउनु हुन आम नगरबासीमा हार्दिक अपिल गर्दछौं ।

के रहेका छन् उनका उम्मेदवारिका आधारहरु ?

  • सशस्त्र हिंसाको समयमा दशौं हजारको तत्कालिन मध्यपश्चिम क्षेत्रको पहाडी जिल्लाहरुबाट द्वन्द पिडित (सहिद, विस्थापित एवं अंग भंग भएका) परिवारको लागि आवश्यक राहत स्वरुप सम्मान गर्ने ।
  • कोहलपुर नगरपालिकाको मुटुमा अवस्थित बागेश्वरी बहुमुखी क्याम्पसको समग्र आर्थिश, शैक्षिक, भौतिक तथा प्राविधिक विकास गरेर यस क्षेत्रकै नमूना क्याम्पस बनाउने योजना छ ।
  • बहुसंख्यक युवा मतदाताहरुलाई स्वरोजगार पदान गरी समृद्ध नगरपालीका तथा सक्षम नमूना नगरपालीका स्थापना गर्ने ।
  • समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा विभिन्न वर्ग, जात, धर्म, लिङ्ग, क्षेत्र र समुदायको पाको र पछिल्लो पुस्ताको सेतुका रुपमा प्रस्तुत हुन सक्ने योजना छ ।
  • नगरस्तरमा कम्तिमा पनि एक आधारभूत विद्यालयलाई आधुनिक प्रविधिमैत्री नमूना अपाङ्गमैत्री आवासीय विद्यालयको व्यवस्था गरिने छ ।
  • नगरस्तरमा माध्यमिक तहमा विविधता व्यवस्थापन सहितको एक आवासीय नमूना विद्यालयको व्यवस्था गरी लागु गरिने छ ।
  • एक माध्यमिक विद्यालयमा एक प्राविधिक धार सञ्चालनको कार्यन्वयन गरिने छ ।
  •  पाँच वर्ष भित्र एक वडा एक अनिवार्य माध्यमिक विद्यालयको स्थापना गरिने छ ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि जेहन्दार, दलित, पिछडा, मुस्लिम, जनजाती, सिमान्तकृत र चिडीमार लगायत पिछडीएका जातजातीका बालबालिकाहरुका लागि बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्नातक तह सम्म छात्रवृतिको व्यवस्था गरिने छ ।
  • नगरभित्र रहेका सबै सामुदायिक शैक्षिक संस्थाहरुमा प्रविधियुक्त ई—लाइब्रेरी सहितको ल्याव बनाउन पहल गरिने छ ।
  • नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय विच समन्वयगरी विद्यालय शिक्षणको गुणस्तरतामा समानता ल्याउन शिक्षण सिकाइ सरहजीकरण आवश्यक शिक्षक तालिमको व्यवस्था गरी संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता तथा दक्षता अभिवृद्धि गराउन पहल गरिने छ ।
  • विज्ञ समुह तथा नीजी विद्यालयका संस्थापकहरुको समन्वयमा नीजी विद्यालय नगरशिक्षा सुधार समिति गठन गरी उक्त समितिको प्रतिवेदको आधारमा “नीजी विद्यालय शिक्षा सुधार कार्यक्रमलाई” अगाडी बढाइने छ ।
  • नगरपालीका भित्र स्थायी रुपमा बसोबास गर्ने अति गरिब एवम् विपन्न परिवारलाई स्वास्थ्य संस्थामा उपचार गर्न नसक्ने अवस्थाको पहिचान भएमा थप उपचारको लागि त्यस्ता व्यक्तिको लागि नगरपालीकाले रोगको अवस्था हेरी रकमको व्यवस्था गरिने छ ।
  •  नगरपालीका भित्र स्थायी रुपमा बसोबास गरेका व्यक्तिहरुलाई जटिल तथा दिर्घ रोगिका लागि नेपाल सरकारले प्रदान गर्ने रु ५००० मा नगरपालीकाले रु २००० थप गरी सहुलियत प्रदान गरिने छ ।
  • नगरपालीका भित्र आपतकालिन विरामीहरुको ओसार पसार गर्नका लागि रझेना, सम्सेरगंज र कोहलपुर स्वास्थ्य चौकिबाट एम्बुलेन्स सेवा सेवा प्रदान गरिने छ ।
  • ६० वर्ष माथिका जेष्ठनागरीक, अपाङ्गता, दिर्घरोगी, द्धन्दकालका घाइतेहरुका तथा एकल महिलाहरुका लागि व्यवस्थित स्वास्थ्य कक्षको निर्माण गरी तत्काल उपचार गर्ने व्यवस्थालाई कार्यन्वयनमा ल्याइने छ ।
  • कोहलपरु मेडीकल कलेजसंग समन्वयगरी स्वास्थ्य सेवालाई सहुलियत रुपमा उपचार गर्ने व्यवस्थाको पहल गरिने छ ।
  • बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको सिमा रहेको कोहलपुर नगरपालीकालाई पर्यटन गन्तव्य एवम् पर्यटकीय स्थलका रुपमा विकास गरिने छ ।
  • नगर क्षेत्रभित्र स साना होमस्टे देखि सुविधा सम्पन्न होटेल सञ्चालनको लागि व्यवसायीहरुलाई आवश्यक आवश्यकताको आधारमा प्रोत्साहन गरिने छ ।
  • थारु संग्रालय, दलित संग्रालय, मुस्लिम तथा मधेशी संग्रालयको ब्यवस्थापन तथा स्थापना गरी परम्परागत, रिति, संस्कृति, भेषभुषाको संरक्षण तथा सम्वद्र्धन गर्नका लागि बाह्य पर्यटकको आकर्षक केन्द्रविन्दु बनाएने छ ।    क्रमशः

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार