Kohalpur Today Header Ads

कोशी प्रदेश: तीन मन्त्री थपिँदै, एकीकृत समाजवादी रुष्ट




विराटनगर ।

कोशी प्रदेशमा तीन मन्त्री थपिने भएमा छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री बन्ने भएका हुन् । उनीहरूको शपथग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ ।

यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । मुख्यमन्त्री थापाले थप तीन जना विस्तार गर्ने तयारी गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो । एक एक जना मन्त्री थप्ने सहमति भएको थियो, एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने यसरी नै सरकार अगाडि बढे हामी यो सरकारलाई विश्वासको मत दिँदैनौँ ।

LIfe Ok

आइतबार माओवादीका दुई सहित तीन जना मन्त्री मुख्यमन्त्री थापाले थप्दै छन् । यसअघि काँग्रेस र एकीकृत समाजवादीका एक एक जना मन्त्री नियुक्ति भएका थिए । बिहीबार विग होटेलमा भएको छलफलमा गठबन्धनमा भएका दलहरूले एक एक जना मन्त्री बनाउने सहमति गरेका थिए । कोशीमा काँग्रेस माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतबार