Kohalpur Today Header Ads

कोहलपुरमा दिपप्रज्वलन गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा दिपप्रज्वलन गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।

सोमबार कोहलपुर नगरपालिका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीले दिपप्रज्वलन गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेकी हुन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अभियान सुरुआतको दिन आज बिहान देशका धेरै जिल्लामा प्रभातफेरी आयोजना गरिएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि उक्त अभियान हरेक बर्ष सञ्चालन हुँदै आएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ उक्त अभियान सुरु गरिएको हो ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका संयोजक ईश्वरी विश्वकर्माको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार