कोहलपुर ।
दैलेखी एकता समाजद्धारा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । ‘दैलेखीहरुको एकता, आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार एक औपचारीक कार्यक्रम गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
दैलेखी एकता समाज कोहलपुरका अध्यक्ष प्रेमा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद, शिक्षा विज्ञान तथा सूचना प्राविधि समिति सदस्य दिपा शर्माको प्रमुख अतिथिमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले दैलेखीमा घर भई बाँकेमा आफ्नो कर्मथलो बनाएर बसेका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरु एकजुट भएर लाग्नुपर्ने र पहिचान र संस्कृति जोगाउनुपर्ने बताइन् ।
‘हरेक व्यक्ति फरक फरक पेशा र व्यवसायमा लागेका छौं’ उनले भनिन्, ‘दैलेखी माटोमा हुर्केका, जन्मिएका र रहनसहनमा हुर्केका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरु एक भएका छौं ।’ बाँकेमा दैलेखीलाई समस्या पर्दा हामी एकजुट भएर सहयोग गर्ने योजना सहित यो समाजले आफ्नो काम गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै लुम्बिनी प्रदेश प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री आरती पौडेल, कोहलपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष माधव रिजाल, दैलेखी एकता समाज बाँकेका उपाध्यक्ष वीरेन्द्रकुमार मल्ल, कोषाध्यक्ष भरत बहादुर कठायत सल्लाहाकार अञ्जिर बहादुर शाहीले शुभकामना दिएका थिए ।
यस्तै दैलेखी एकता समाजका विभिन्न अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न एकता समाजका अध्यक्ष तथा प्रतिनिधिहरु, प्रहरी प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो । दैलेखी एकता समाजका नगर सचिव प्रेमिका शाहीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्