कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको आधारभूत तहको नतिजा सार्वजनिक भएको छ । कोहलपुर नगरपालिकाले २०८० सालमा लिएको कक्षा ८ को नतिजा सार्वजनिक भएको हो ।
कोहलपुर नगरपालिकामा सामुदायिक विद्यालय तर्फ शिवशक्ति नमूना विद्यालय उत्कृष्ट नतिजा ल्याएको छ । सामुदायिक विद्यालय तर्फ २१ वटा विद्यालयहरुमध्ये शिवशिक्त नमूना विद्यालय उत्कृष्ट भएको हो । जसले ३९.२९ प्रतिशत ल्याएको छ ।
यस्तै संस्थागत विद्यालय तर्फ जिवनज्योति स्कुल उत्कृष्ट नतिजा ल्याएको छ । ३१ वटा विद्यालय मध्ये जिवनज्योति स्कुलले शत प्रतिशत ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
दुई वटा सामुदायिक विद्यालय शुन्य प्रतिशत ल्याएका छन् भने सबैभन्दा बढि फेल त्रिभुवन माध्यामिक विद्यालयका भएका छन् । जसमा २ सय १६ जनाको एनजि ल्याएका छन् ।
यस्तै संस्थागत विद्यालयमा सबैभन्दा बढि फेल बागेश्वरी एकेडेमीका विद्यार्थी भएका छन् । जसमा ४२ जनाले एनजि ल्याएका छन् ।
कोहलपुर नगरपालिकाले दुई विषयमा एनजि ल्याउने विद्यार्थीहरुका लागि बैशाख २० र २१ गते पुनः परिक्षा गराउने कोहलपुर नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्