मंगलबार १७.६९ अंकले बढ्यो नेप्से, ६० लाख कित्ता सेयर किनबेच

काठमाण्डौ।

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १७.६९ अंकको वृद्धि आएको छ । कारोबार सुरुवाती समयमा बढेर सुरु भएको नेप्सेले केही तलमाथि हुँदै अन्तिमसम्म नै वृद्धि कायम राख्यो ।

कारोबार बन्द हुँदासम्म परिसूचक २०१५ अंकमा पुगेर रोकिएको हो । ०.८८ अंकको सुधारसँगै आज नेप्सेमा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ ।

यसक्रममा आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक दोहोरो अंकले बढ्दा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले बढेर ५७९ रुपैयाँ पुगेको छ ।

यस्तै, आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेच ४.४२ प्रतिशतको गिरावट आएको छ । परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएको सबै १३ वटै समूहको सूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक १२२ अंक, उत्पादनमूलक समूहको सूचक ८३ अंक र होटल र टुरिजम समूहको सूचक ७० अंकले बढेको छ । यस्तै, जीवन बीमा समूहको सूचक ५० अंघ बढेको छ भने विकास बैंक समूहको सूचक ४३ अंकले बढेको छ ।

आजको वृद्धि नेप्सेमा साताको तेस्रो कारोबार दिनमा पहिलो हो । यसअघि, आइतबार नेप्से २१ अंकले घटेको थियो भने सोमबार १२ अंकले घटेको थियो । यस्तै, गत साताको ५ कारोबार दिनमा समेत नेप्से परिसूचक तीन दिन घट्दा दुई दिन भने बढेको थियो ।