Kohalpur Today Header Ads

कोहलपुर ८ मा राष्ट्रिय युवा संघको अध्यक्षमा वली




कोहलपुर ।

राष्ट्रिय युवा संघ नेपाललेको अध्यक्षमा सुरेन्द्र वलीको अध्यक्षतामा नयाँ कार्यसमितिको वडा कमिटि विस्तार गरिएको छ । वलीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा प्रवेश गिरी र विश्व तिवारी, सचिवमा गोपाल विक, सह-सचिवमा श्याम खड्का र बलिराम चौधरी निर्वाचित भएका हुन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै सदस्यहरुमा कुशल देवकोटा, मोहन बस्नेत, आलोक यादव, विष्णु टमटा, कृष्ण पुन, विनोद गौैतम, विर बहादुर सुनार, गणेश मिजार, हरी प्रकाश योगी, राम बहादुर बुढा, निसान गिरी, सुरज चदरा, गोपाल सुनार, सुरेन्द्र सोदी लगायत चयन भएका छन् ।

यस्तै कार्यक्रममा प्रथम वडा अधिवेशनका प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज खेमराज शर्माले सामाजिक न्याय र लोकतन्त्रको रक्षा एमाले मात्र गर्ने दावी गरेका छन् ।

शर्माले अब स्थानीय तहको निर्वाचनमा गठबन्धन मोर्चालाई एमालेले चुनौति दिने भन्दै चुनाव केन्द्रित हुन र आवश्यक परे देश र जनताका लागि मर्न तयार रहन शर्माले युवाहरुलाई निर्देशन समेत दिएका छन् । साे कार्यक्रममा युबा संघका केन्द्रीय सदस्य कुश्माखर बस्यालकाे समेत उपस्थित रहेकाे थियाे ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार