बैजनाथ गाउँपालिकाको ७ करोड बढि बेरुजु (प्रतिवेदन सहित)

कोहलपुर ।

स्थानीय तहको बेरुजु पछिल्लो समय व्यापक रुपमा बढिरहेको छ । महालेखा परीक्षकको कार्यालयले वजेट कार्यान्वयन गर्ने सम्बन्धमा दिएको निर्देशन कार्यान्वयन नगर्दा बेरुजुको अवस्था डरलाग्दो तरिकाले बढेको हो । बाँकेको बैजनाथ गाउँपालिकाको आ.व. ०७६/०७७ मा ७ करोड ४१ लाख ४८ हजार रुपैया बेरुजु देखिएको छ ।

आ.व. ०७५/०७६ मा बैजनाथ गाउँपालिकाको २ करोड ४४ लाख ३० हजार रकम बेरुजु देखिएको थियो तर अहिले त्यसको डबल बेरुजु देखिएको छ । गतवर्षकाे तुलनामा याे वर्षमा डबल बढि बेरूजु बढेकाे छ ।

नियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको, सम्पन्न कार्यको आवश्यक कागजात संलग्न नगर्दा स्थानीय सरकारको बेरुजु बढेको छ ।

बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिृकत दान बहादुर ऐडीले गत वर्षको सामाजिक सुरक्षा भत्ताको कारणले गर्दा बेरुजु बढि आएको कोहलपुर टुडेलाई जानकारी दिएका छन् । उनका अनुसार म गाउँपालिकामा आउनुभन्दा पहिले बेरुजु बढि आएको देखिन्छ तर यो आर्थिक वर्षमा कम गर्ने लक्ष्यका साथ काम गरेको उनले बताए ।

महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेका कारण बेरुजु रकम बढेको जनाएको छ ।


हेर्नुहाेस् महालेखा प्रतिवेदन