Kohalpur Today Header Ads

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध (सूचना सहित)




काठमाडौं ।

केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ ।

लन्डनस्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारीगरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

साथै, बेलायतस्थित नेपाली सङ्घ/सङ्गठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

आपतकालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासको फोन नं +44(0) 2072291594, +447404939274 र Email: [email protected], [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार