Kohalpur Today Header Ads

२० लाखको लगानीमा सुर्खेत रोडमा होटल यात्री खुल्यो




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा होटल यात्री खुलेको छ । करिब २० लाखको लगानीमा खुलेको होटल यात्री शुक्रबार कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्माले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन गर्दै वडा अध्यक्ष शर्माले व्यवसायीहरुलाई लगानी गर्न उत्साहपूर्ण वातावरण तयार गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सञ्चालक सर्जन आचार्यले मार्सी चामलको थकाली खाना सहितको विभिन्न परिकार पाउने गरी नयाँ योजनाका साथ होटल यात्री सञ्चालन भएको बताए ।

उनका अनुसार करिब २० लाखको लगानीमा स0ञ्चालन हुन लागेको होटलमा अत्याधुनिक सेवा सुविधा भएका रुम सहित बास बस्ने व्यवस्था समेत रहेको बताए ।

उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका पूर्व अध्यक्ष मान बहादुर रुचाल, होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष मोहन रिजाल लगायत अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २९ गते शनिबार