डाइनामिक माविमा स्मार्ट बोर्डबाट पढाई सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको डाइनामीक माध्यामिक विद्यालयमा स्मार्ट बोर्डबाट पढाई सुरु भएको छ । मंसिर ५ गतेबाट डाइनामीक माध्यामिक विद्यालयमा स्मार्ट बोर्डबाट पढाई सुरु भएको छ ।

हाललाई कक्षा ११ र १२ बाट सुरु गरेका छौं । आगामी दिनहरुमा प्रत्येक वर्षमा दुई/दुईका दरले थप कक्षाहरुमा समेत स्मार्ट बोर्डबाट नै अध्ययन अध्यापन गर्ने लक्ष्य रहेको डाइनामिक माविका प्रिन्सिपल रविन्द्र रेग्मीले बताए ।

न चक डस्टर । कक्षामा न कालेपाटी, न सेतो बोर्ड नै । न मार्करले पाठ्यक्रमको शीर्षक लेखिन्छ । कक्षामा प्रवेश गरेसँगै शिक्षकले स्मार्ट बोर्ड खोल्छन् र सुरु हुन्छ पठनपाठन ।

शिक्षकहरुले पनि परम्परागत शैलिबाट नभैइ आधुनिक शैलीबाट अध्ययन गर्न सक्ने वातावरण तयार गरेको प्रिन्सिपल रेग्मी बताउँछन् ।

एंड्राइड वर्जनको (ओएस) सिस्टमबाट सञ्चालन हुन आधुनिक शैलीबाट अध्यापन गराइन्छ जुन विश्वभरी नै अध्ययन/अध्यापनमा सञ्चालनमा छ ।

कतिपय दिनहरुमा शिक्षकको अनुपस्थितमा पनि विद्यार्थीले शिक्षा हासिल गर्न स्मार्ट बार्डको सहायताले ज्ञान लिन सक्ने डाइनामिक माविका प्रिन्सिपल रेग्मीले बताए ।