Kohalpur Today Header Ads

रिलायन्स फाइनान्सद्धारा कोहलपुर नगरपालिकालाई ट्रि गार्ड हस्तान्तरण




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको रिलायन्स फाइनान्स लिमिटेडले १४औं बार्षिकोत्सवको अवसरमा कोहलपुर नगरपालिकालाई ट्रि गार्ड सहयोग गरेको छ ।

नगरपालिकाले लिएको हरित नगर अभियानलाई सहयोग गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाका प्रमुख कुल बहादुर पुनले कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाललाई ८ वटा ट्रि गार्ड हस्तान्तरण गरेका हुन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

हस्तान्तरण कार्यक्रममा बोल्दै रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाका प्रमुख कुल बहादुर पुनले विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा विभिन्न क्षेत्रलाई समेट्दै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख प्रशासकिय अधिकृत ढकालले हरियाली नगर बनाउन सबैको सहयोग र अपेक्षा रहेको भन्दै रिलायन्स फाइनान्स लिमिटेडलाई धन्यवाद दिएका थिए ।

हस्तान्तरण कार्यक्रममा कर्जा अधिकृत प्रवेश सुवेदी, जीवन गुरुङ, नगर प्रहरी डिल्ली चन्द लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार