कोहलपुर ।
बाँकेको राप्तीसोनारी ८ ढकेरीमा बस दुर्घटना भएको छ ।
सोमबार बेलुका ६ बजे काठमाण्डौँदेखि दैलेखका लागि छुटेको ना ४ ख ८०६१ नम्बरको बस मंगलबार बिहान ७ बजेको समयमा दुर्घटना भएको शम्शेरगञ्जका इन्चार्ज टेक बहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए ।

उनका अनुसार अहिले ११ जना घाइते भएको र अन्य ८ जना भन्दा बढिको नेपाल आर्मीले प्राथामिक उपचार गरिरहेको बताए ।
घाइतेहरुलाई भने अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको केसीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २४ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्