कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यालय (शहिद स्मृति केन्द्र नेपाल) को परिसरमा वृहत वृक्षारोपण गरिएको छ ।
‘एक विद्यार्थी एक विरुवा’ कार्यक्रम अन्तर्गत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय (शहिद स्मृति केन्द्र नेपाल) को परिसरमा वरीपरी वृहत वृक्षारोपण गरिएको हो ।
वाईसिएल बाँकेका कमरेडहरु अखिल (क्रान्तिकारी) केन्द्रिय सद्स्य तथा बाँके जिल्ला अध्यक्ष महेश बस्नेतका अनुसार कागती, अमला, श्रीखण्ड, केलुती, बेल र सितलचिनी लगायत १२ परजातिका बिरुवा वृक्षारोपण गरेको बताए ।
वृक्षारोपण कार्यक्रममा पार्टी जिल्ला संयोजक नरेन्द्र पान्डे जेम्स, कोहलपुर नगर सचिव दान बहादुर वलि, पार्टी प्रदेश सदस्य अशोक पोख्रेल, कोहलपुर नगर पार्टीका सल्लाहकार तेज प्रसाद चापागाईं, शेस्कान्त शर्मा र रेशम सापकोटा लगायता पार्टी नेतृत्वहरु वाईसिएलका जिल्ला पदाअधिकारी र अन्य पदाधिकारीहरुको उपस्थितिमा वृहत वृक्षारोपण कार्यक्रम गरिएको थियो ।
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको परिसरमा वृहत वृक्षारोपण
प्रतिक्रिया दिनुहोस्