स्थलगत अनुगमन र छलफल सम्पन्न




मध्यपश्चिम विश्वविद्यालयको टिम वागेश्वरी बहुमुखी क्याम्पसको स्थलगत अवलोकन, अनुगमन तथा छलफल सम्पन्न भएको छ ।पौष २१ गते मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर, बांकेको स्थलगत अवलोकन, अनुगमन तथा छलफल सम्पन्न भएको छ ।

योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मी आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु ज्ञवालीज र विश्वविद्यालय लेखा प्रमुख बब्लु गुरुङ सम्मिलित संयुक्त टोलीद्वारा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्थलगत अवलोकन, भ्रमण तथा अनुगमनको उदेश्य उक्त क्याम्पसको समग्र योजना, जनशक्ति व्यवस्थापन र पाठयक्रम कार्यन्वयन तथा पाठ्यसामाग्रीको सहज उपलब्धता लगायत विविध पक्षमा छलफल गर्नु रहेको थियो भने बैठक पश्चात स्नातक तह चौथो सेमेस्टरको अन्तिम परिक्षाको स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमालज्यू लगायत अन्य पदाधिकारी, प्राध्यापक, कर्मचारी लगायतको उपस्थिति रहेको वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार