कोहलपुर नगरपालिकाको आधारभूत तहको नतिजा सार्वजनिक : दुई सामुदायिक विद्यालय निल

कोहलपुर ।

कोहलपुर नगरपालिकाले आज सार्वजनिक गरेको नतिजामा दुई सामुदायिक विद्यालय शुन्य रहेको पाइएको छ ।

कोहलपुर नगरपालिका अनुसार सामुदायिकका जन चेतनना आधारभूत विद्यालय, वडा नं. ४ गोहवा र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. १५ चन्नहवाको नतिजा शुन्य रहेको हो ।

जन चेतनना आधारभूत विद्यालयबाट १३ जना विद्यार्थी सहभागी भएका थिए भने नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट १९ जना विद्यार्थी सहभागि भएको कोहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत रविलाल मिजारले जानकारी दिए ।

यस वर्ष कोहलपुरमा सामुदायिक तर्फ १४.८० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् भने संस्थागत तर्फ ६९.८७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।