
कोहलपुर । कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि कुटपिट र दुव्र्यवहार गरेका राप्तीसोनारी ९ का बुच्चापुर(गुरुवागाउँ) का बासिन्दाहरुले सार्वजनिक रुपमा माफि मागेका छन् ।
पत्रकार डिल्ली शाहीलाई कुटपिट र दुव्र्यवहार गरेका विषयमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस यूनियन, प्रेस सेन्टर लगायत बाँके जिल्लाका निजामति सेवाको क्षेत्रमा क्रियाशिल राष्ट्रिय स्तरका ट्रेड यूनियनहरुले समेत सम्बन्धित निकायहरुलाई कारवाहीको लागि ध्यानाकर्षण दिँदै प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण भएको जनाएका थिए ।
शाहीले कार्तिक १० गते दिपेश वली र ओम वली लगायत अन्य २ जनाको नाममा जाहेरी परेपछि ११ गते उनीहरुलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय कोहलपुरले ल्याएपछि सार्वजनिक रुपमा माफि मागेपछि सहमति भएको थियो ।
दिपेश वलीले आफू स्वयम् सार्वनिक रुपमा माफि मागेका थिए भने ओम वलीको जिम्मा राप्तीसोनारी ९ का पूर्व वडा अध्यक्ष महाविर वलीले जिम्मा लिँदै सार्वजनिक रुपमा माफि मागेपछि सहमतिमा टुङ्गिएको छ ।
प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप वाग्लेको रोहवरमा भएको छलफलमा राप्तीसोनारी ९ गुरुवागाउँका बासिन्दाहरुले सार्वजनिक रुपमा माफि माग्दै आगामी दिनमा पत्रकार डिल्ली शाही लगायत अन्य कुनै पत्रकारहरुलाई आरोह अवरोह, शान्ति, सुरक्षामा समेत कुनै वाधा नहुने र भाइचाराको सम्बन्ध बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छलफलमा नेपाल पत्रकार महासंघका सचिव कृष्ण वली, प्रेस यूनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, प्रेस सेन्टरका सचिव पुष्पराज हमाल लगायत अन्य अग्रज पत्रकारहरु टिम समेत उपस्थित रहेको थियो ।
जंगली जनावरको आक्रमणबाट स्थानीय एक जनाको मृत्यु भएको विषयमा समाचार संकलन गर्न गएको बेला राप्तीसोनारी गाउँपालिका ९ गुरुवागाउँका स्थानीयबासीको एक समूहले बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धितालमाथि कुटपिट गरेको भिडिओ आफूले खिचेकोले सोही समूहले नै आफूमाथि कुटपिट गर्नुका साथै मोबाइल खोसेर भिडिओ डिलिट गरिदिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्