गाजा ।
इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको छ । यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ ।
सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी छ । चारैतिर (हवाई, जमिन र समुद्र) बाट लगातार हवाई हमला र बमबारी, हत्या, घाइते र हजारौँविरुद्ध नरसंहार जारी राखेको छ । -(रासस/क्युएनए)
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्