Kohalpur Today Header Ads

प्रभासको ‘कल्की २८९८ एडी’ बन्यो वर्षको धेरै कमाउने भारतीय फिल्म




दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा पहिलो दिनमै धमाका मच्चाएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले पहिलो दिन ६१ करोड १८ लाख भारू कमाएको छ। योसँगै ‘कल्की २८९८ एडी’ सन् २०२४ को सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

फिल्मलाई दर्शक र समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। उनीहरूले कलाकारको अभिनयसँगै फिल्मको भिएफएक्सको तारिफ गरेका छन्। सामाजिक सञ्जालमा दर्शकले फिल्मलाई मास्टरपीस बताइरहेका छन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हो। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ। फिल्मको कथा इन्डियन माइथोलोजीबारेमा छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रबार