कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा विश्व वातावरण दिवसको अवसरमा भएको चित्रकला प्रतियोगितामा सृष्टि शाही प्रथम भएकी छिन् । सोमबार भएको चित्रकला प्रतियोगितामा जनज्योति पब्लिक स्कुलका छात्रा सृष्टि शाही प्रथम, प्रज्वल खड्का द्धितीय, गोरखा यूनाईटेडका तृतीय भएका थिए ।

यस्तै जनचेतना आधारभूत विद्यालयका विराज थारु, त्रिभुवन नमूना माविका गुराँस चन्द ठकुरी र गोरखा युनाईटेडका आभास केसी सान्त्वना भएका थिए । विश्व वातावरण दिवसको अवसरमा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्