बैजनाथमा मावि स्तरीय वक्तृत्वकला प्रतियाेगितामा लक्ष्मी वलि प्रथम

भगवती पोख्रेल, कोहलपुर । 

‘मेरो सपनाको बैजनाथ’ भन्ने शिर्षकमा बैजनाथ गाउँपालिका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । बैजनाथ जेसिजद्वारा आयोजित वक्तृत्वकला कार्यक्रममा प्रभात माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा लक्ष्मी वलि प्रथम भएकी छ्न ।

बैजनाथ गाउँपालिकाको सभाहलमा गरिएको वक्तृत्वकला कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले मेरो सपनाको बैजनाथ बनाउन आफू आफ्नो टिम लागेको वताए ।

उनले कोहलपुर न्यु सिटिमा १५०० शैयाको अस्पताल निर्माणाधीन हुन लागेको, गाभर लाईन्स पार्क लाई नेपालकै पर्यटकीय स्थल बनाउन डिपिआर भएको जानकारी दिए । उनले भने बैजानाथमा औद्योगिक क्षेत्र निर्माण हुन लागेको र पालिकामा पांचवटा पक्की पुल निर्माण भइरहेको वताए ।

सुकुम्बासी, भुमिहिन लाई निस्सा समेत वितरण गरेको वताए । शिक्षा, स्वास्थ, आधुनिक कृषिको लागि आफुले प्राथमिक दिदै आएको वताए । हरेक विद्यालयको स्तरन्नोती गर्न आफ्नो ध्यान गएको वताए ।

बैजनाथ लाई यातायातको चारैतिर सुविधा सम्पन्न गराई हरेक नागरिकले सहज रूपमा आवतजावत गर्न मिल्ने आफ्नो सपना रहेको वताए । बैजनाथ लाई नमुना बनाउन आफु र आफ्नो स्थानीय सरकारले सपना देखेकोले आफू लागि परेको जानकारी दिए ।

योभन्दा अगिल्लो सरकारले के गरेको भन्दापनी आफुले देखेको सपना के कसरी र किन सम्पन्न गर्ने भन्ने तर्फ आफ्नो ध्यान गएको वताए । कार्यक्रममा बोल्दै बैजनाथ जेसिज -२०२४ का अध्यक्ष उपेन्द्र बहादुर विस्टले जेसिजले नेतृत्वको लागि युवा र युवा लाई ज्ञान, सीप र नेतृत्वको लागि जेसिज विश्वविद्यालय भएको वताए ।

२०२२ मा बैजनाथ जेसिज स्थापना भएको भएपनी हालसम्म सामाजिक काम गर्दै आएको वताए । उनले जेसिजम एक कार्यकाल एक नेतृत्व लाई आत्मसात गर्दै आफ्नो कार्यकाल नमूना बनाउन सपना देखेकोले आफ्नो टिमले सक्रिय रूपमा काम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष, शिक्षा समिति सदस्य विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितमा १४ विद्यालयका २५ जना विद्यार्थीको सहभागी भएका थिए ।

उक्त वक्तृत्वकला कार्यक्रममा प्रभात नमूना माध्यमिक विद्यालय जि गाउँकि छात्रा लक्ष्मी वलि प्रथम, सुर्योदय माध्यमिक विद्यालय चिसापानीका छात्र प्रदिपराज बुढा र तृतीय हिमालय विद्यानिकेतनका प्रशंसा गौतम भएका छ्न ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याकंन विषयका उपप्राध्यापक एकराज शर्मा र नेपाली शिक्षा विषयका उपप्राध्यापक ललित प्रकाश चन्दले निर्णायकको जिम्मेवार बहन गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण बैजनाथ जेसिजकि महासचिव जया थापाले सहजीकरण गरेको कार्यक्रम उपेन्द्र बहादुए विस्टको सभापतित्वमा सम्पन्न भएको थियो । प्रथम, द्दितिय ए तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालय लाई प्रमाणपत्र सहित ट्रफीबाट पुरस्कृत गरिएको थियो ।