खजुरामा सामाजिक परिक्षणको प्रारम्भिक प्रतिबेदन माथि छलफल

  • कोहलपुर
    खजुरा गाउँपालिका बाँककोे आर्थिक बर्ष २०७९÷०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण तथा छलफल सम्पन्न भएको छ ।
    खजुरा गाउँपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा आज भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बिकले कार्य सम्पादनको क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै जिम्मेवारीका साथ उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुरोध गरे ।
  • सामाजिक परिक्षणको क्रममा देखिएका सुझावहरुलाई योजना सहित कार्यान्वयनमा लैजानुपर्नेमा उनको जोड थियो । बर्षेनि पालिकाको कार्य सम्पादन सुधार हुदै आएको भन्दै खजुराको समृद्धीमा लागेको जनाए । उनले सामाजिक परिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकिकरणमा राख्ने प्रतिबद्धता गरे ।
  • बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले सामाजिक परिक्षण, प्रक्रिया, खजुरा गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समुह छलफल, सन्दर्भ सामाग्री अध्ययन, स्थलगत अवलोकन लगायत बाट प्राप्त तथ्यसँगै गाउँपालिकाको राम्रा पक्षहरु सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीका बिषयमा प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण गरेका थिए ।प्रश्तुतीकरण पश्चात खुल्ला छलफलको क्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले बोलेका थिए ।
  • सामाजिक परिक्षण कार्यक्रम अन्तरगत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरि खजुरा गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को सामाजिक परिक्षण अन्तिम प्रतिबेदन सहजिकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गरिनेछ । कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष डम्बर बिकले गरेका थिए ।