बा विनाको जीवन संघर्षको कहानी आमा लाई केही आयु थप भगवान

अनुभवअनुभुती रुकुम पश्चिम

मिति २०६९/१२/१४ गते (तराई होलि) बिहानको करिब ५ बज्दै थियो।मा सानो फुच्चे आमा संगै मस्तले सुतेको थिय, आमा हतपत के भयो भन्दै जुरुक्क उठ्नु भो र बा सुतेको कोठामा जानु भयो। र आमाको आवाज आयो साईला दाइ लाई बोला, काईला दाईको आवाज आयो साईला दाई यहाँ आउनु म पनि के भयो होला सोचेर र ऊठे र बा भएको कोठामा पुगे साईला दाईले बा लाई बोक्नु भो र बा को अन्तिम बोली थियो।बाबु मलाई कहाँ लिन लागी ? साईला दाइले भन्नु भो बा म हजुर लाई तल्लो कोठामा लिन्छु।

(धार्मिक ग्रन्थअनुसार घरको माथिल्लो तलामा मरेको मान्छे स्वर्ग पुग्दैन मलाई मर्ने बेला तल्लो कोठामा लैजानु बा को कुरा थियो।)  बा लाई तल्लो कोठामा लिईयो।हाम्रो त्यो शान्त घरमा एकाएक कोलाहल मच्चियो सबै स्तब्ध भए। केही बेरमै छरछिमेक उपस्थित भए, मान्छे चिन्दिन कसैले मलाई धकेलेर भन्यो जा बाको मुख मा जल हाल, म गए र बाको मुखमा जल हाले, मैले मान्छे मरेको देखेको थिईन। अग्रजहरुले जानु भो भने बाको शरिर माथि हरे राम लेखेको कपडा ओडाईयो।

मेरि आमा का हातका चुरा फुटे, सिउदोको सिन्दुर पखालियो, गलाको पोते निकालियो। हामी सबै टुहुरा भयाै। घर मा तीन भाइ मात्रै थियाै।दुई भाई आउन टाईम लाग्यो। मेरा सयाै पुस्ता खरानि भएको त्यै सेतिगार खोलामा मेरा बाको सिङ्गो शरिर धुवाँ संगै सकियो।हामी घर फर्क्याै। घर पुग्ने बितिकै आमाले भन्नु भो बाबु के खोजा ल्यायर जन्मियाै ? हाम्रो मुख मा कुनै जवाफ थियन।मेरो घर मा १३ दिन सम्म मान्छेको भिडभाड आउने जाने क्रम चलिरहयो।  १४ दिनदेखि सबै गए, बा बिनाको मेरो घर बालुवामा पानी हाले जस्तो भयो।

सबै दाइहरु आ आफ्नै व्यवहार गरेका हामी दुई टुहुरा र बिधुवा आमा ठुलि दिदी पढ्न तिर लाग्नु भयो। त्यसपछि सुरु भयो मेरो घरको कथा! त्यसपछिका दुख कसैलाई सुनाउन चाहियन। र कसैले बुझ्न पनि चाहेन।हामी ४/५ कक्षा पढ्ने बालक न कोहि थियो। यो बाटो गलत, यो बाटो सहि भनि छुट्याईदिने। हामी आफ्नै मनको आफै राजा भयाै।थाहा छैन कति गलत गरियो। कति सहि गरियो।तर पनि आसा छ जेजति गरियो।सबै ठिक गरियो होला भन्ने भान भएको छ।

ती कलिला अनुहारले के कति दुख गरे त्यो आफै लाई मात्र थाहा छ। बाको शेषपछि सायद ती अनुहारले नयाँ कपडा मीठो मसिनो करिब सपना भयो। तै पनि मेरि आमाले आफ्नो एकल भत्ताले नुन तेल र एक सरो कपडाको जोहो गरिन।

भोकले मर्न दिईन्न। काखि च्यापेर हुर्काएका ती कलिला अनुहार अब समाजमा जिउँदाको जन्ति मर्दाको मलामि जाने भएका छन। यदि भगवान छन भने बिन्ति गर्छु मेरो केही आयु मेरि आमालाई थपियोस।यो लोक भन्दा कुनै लोक छ भने बा को त्यो लोकमा बसाई सुखद रहोस!जीवन संघर्षको मैदान हो । यति बुझेका छाै।जे जानेका छाै त्यहि गर्ने छाै। काँधमा आएको जिम्मेवारी बहन गर्नबाट कहिल्यै भाग्ने छैनाै।

छोरा विकास राज आचार्य

                                 रुकुम पश्चिम

error: Content is protected !!