शिवशक्तिमा असल अभ्यास र सिकाई सम्बन्धी बृहत अन्तक्रिया

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति आधारभूत विद्यालयमा असल अभ्यास र सिकाई सम्बन्धी सरोकारवालाहरुसंग आज बृहत अन्तक्रिया कार्यक्रम भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेतको सभापतित्वमा अन्तक्रिया कार्यक्रम भएको थियो ।

कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र सामुदायिक विद्यालयका प्रअ लगायत सरोकारवालापक्षसंग नमूना विद्यालयले गरेका असल अभ्यास र सिकाई आदान प्रदान गर्ने कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले शैक्षिक हव निर्माणका लागि नयाँ योजना, नयाँ कार्यक्रम र नयाँ सोचका साथ अगाडी आउन अनुरोध गरेका छन् ।

‘यो वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप निकै बढेको छ,’ उनले भने, ‘हरेक वर्ष बालबालिका बढाउन प्रअ ज्यूहरुले आफ्ना योजना, कार्यक्रम, धारणाहरुलाई एकमुष्ट रुपमा विव्यसको निर्णय, विद्यार्थी संख्या, सो संख्याको आधारमा शिक्षक, कर्मचारी र अन्य अनुदानका कोठाहरु दिन्छौं ।’, ‘अहिले कोहलपुर नगरपालिकामा विषयत शिक्षकको अभाव छैन,’ उनले थपे, अहिले भौतिक पूर्वाधारको अभाव छ ।’ भौतिक पूर्वाधार पुरा गराउन कोहलपुर नगरपालिकाले आन्तिरिक बजेटबाट भवन निर्माण गरिरहेको बताए ।

नगरपालिकाको कुल रकमको १७ प्रतिशत भन्दा बढि रकम शिक्षामा लगानी भएको छ, त्यसको प्रतिफल खोज्छौं यदि प्रतिफल आएन भने लगानी गर्नुको औचित्य नहुने जिकिर गरे । अहिले निति तथा कार्यक्रम तयार हुँदै छ, प्रअ ज्यूहरुलाई भनेका छौं, ठोस योजना सहित आफ्नो कार्यक्रमहरु पेश गर्न आचार्यले अनुरोध गरे ।

काेहलपुर नगरपालिका सामाजिक विकास समिति संयाेजक इश्वरी विश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, १३ का वडा अध्यक्ष डम्बर खड्का, कोहलपुरका सामुदायिक विद्यालयका प्रअहरुले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा सभापति तथा विव्यस अध्यक्ष बस्नेतका अनुसार विद्यालयलाई अग्र स्थानमा ल्याउन सफल सम्पूर्ण प्रअ, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानियहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा के कस्ता योजना ल्याउँदा उपयुक्त हुन्छ त्यसलाई प्राथमिकता सहित कार्यक्रम निर्माण गर्ने बताए ।

कोहलपुर ११ लोकनगरका अति विपन्न वर्गका बालबालिकाहरु छन् उनीहरुलाई एक जोर कपडा समेत किन्न समस्या छन् त्यस्ता बालबालिकाहरुलाई नगरपालिकाले केही नितिगत रुपमा कार्यक्रम ल्याउँदा उपयुक्त हुने उनको सुझाव थियो ।