कोहलपुर टुडे डटकमका सम्पादक शर्मा ज्ञानोदय पुस्तकालयको अध्यक्षमा निर्वाचित




कोहलपुर । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा कोहलपुर टुडे डटकमका सम्पादक एकराज शर्मा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार शर्माले ३२५ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिद्वन्द्वी सुस्मा शर्मालाई पराजित गरेका हुन् । सुस्मा शर्माले १३२ मत प्राप्त गरेकी थिइन् ।

यस्तै नवनिर्वाचित अध्यक्ष शर्मा कोहलपुर टुडे डटकमका सम्पादक हुनुका साथै बागेश्वरी बहुमुखी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत छन् । सामाजिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा सक्रिय शर्माको नेतृत्वमा पुस्तकालयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

निर्वाचनअन्तर्गत उपाध्यक्ष पदमा निर्मल आचार्य तथा सचिव पदमा रविन्द्र प्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै कोषाध्यक्ष पदमा राजेन्द्र बिष्ट २७३ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी गीता देवी शर्माले १५० मत प्राप्त गरिन् ।

यस्तै सह–सचिव पदमा ईश्वर प्रसाद शर्मा ३०२ मत प्राप्त गर्दै विजयी भए । उनले शर्मिला मल्ललाई पराजित गरेका हुन् ।

यस्तै महिला सदस्यतर्फ मीना कुमारी बि.सी. र लक्ष्मी कुमारी पौडेल विजयी भए । मीना कुमारी बि.सी.ले ३९६ तथा लक्ष्मी कुमारी पौडेलले ३६३ मत प्राप्त गरेका छन् । हरिकला अधिकारीले १११ मत प्राप्त गरिन् ।

खुला सदस्यतर्फ वीरेन्द्र कुमार शाही, संगिन शर्मा र जिलेदार थारु विजयी भएका छन् । वीरेन्द्र कुमार शाहीले ३५३, संगिन शर्माले ३३६ तथा जिलेदार थारुले २७८ मत प्राप्त गरेका छन् । हेमराज बरालले १६९ र दीपक कुमार राईले १४७ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका संयोजक ईश्वरी प्रसाद ज्वालीले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार