Kohalpur Today Header Ads

कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही सम्मानित




कोहलपुर । नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधाका पत्रकारलाई सम्मान गरिएको छ । सोही क्रममा ‘रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार २०८३’ बाट कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन प्रमुख अतिथिका रूपमा उपस्थित भई साधारण सभाको उद्घाटन गरेका थिए । कार्यक्रममा पत्रकारितामार्फत समाजमा योगदान पुर्‍याएका सञ्चारकर्मीलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

LIfe Ok

रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार २०८३ का अक्षयकोषदाता डा. कौशल कुमार बर्मा, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जीसी तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह ले संयुक्त रूपमा डिल्ली शाहीलाई नगदसहित सम्मान प्रदान गरेका थिए ।

यसैगरी ‘बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार’ बाट गणेश रावत र देवेन्द्रराज पौडेल सम्मानित भए भने ‘माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्रियास्मृति ढकाललाई प्रदान गरिएको थियो । त्यस्तै ‘रामआधार–रामप्यारी पत्रकारिता पुरस्कार’ बाट पवित्रा परियार र सजल गैरे सम्मानित भएका थिए ।

कार्यक्रममा ‘सूर्यनाथ गौतम स्वास्थ्य (मुटुरोग) पत्रकारिता पुरस्कार’ बाट मधु पौडेललाई सम्मान गरिएको महासंघले जनाएको छ । साधारण सभामा पत्रकारिता क्षेत्रको विकास, पेशागत सुरक्षा तथा जिम्मेवार सञ्चार अभ्यासका विषयमा समेत चर्चा गरिएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार