राप्तीसोनारीको ढकेरीमा पुर्वकर्म पन्चकर्म थेरापी सेवा सुरु




राप्तीसोनारीको ढकेरीमा पुर्वकर्म पन्चकर्म थेरापी सेवा सुरु
कोहलपुर १४ चैत
राप्ती सोनारी गाउँपालिका वडा न ९ ढकेरीमा मंगलबार देखि पुर्वकर्म पन्चकर्मी थेरापी सेवा सुचारू भएको छ। सेवाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उदघाट्न गरेका थिए राप्ती सोनारी गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र ढकेरीमा थेरापी सुरु गरिएको सेवा केन्द्र प्रमुख अन्जना थारूले जानकारी दिइन । साथै उनले पुर्वकर्म र पन्चकर्म सम्बन्धित सबै थेरापी सेवा प्रदान गरिने बताइन ।


उदघाट्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषासिह थारु वडा न ८ का वडाध्यक्ष सालिकराम डाँगी वडा न ९ का वडाध्यक्ष सोहनलाल थारु,प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा ,राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनार,आयुर्वेद स्वास्थ केन्द्र बाँकेका प्रमुख डा गीता रेग्मी खजुरा शाखाका कविराज किरण खनाल ,नागरिक आरोग्य सेवा केन्द्र राप्तीसोनारीकी कविराज कविता खत्री ,सुरक्षाकर्मी,स्वयंसेविकाहरु लगायतको सहभागिता रहेको थियोे ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत १४ गते बुधबार