एक महिनादेखि बेपत्ता युवतीको शव भेटियो, हत्याको आशंका

काठमाडौं ।

एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक जना युवतीको हत्या भएको खुलेको छ ।

कक्षा १२ मा अध्ययनरत् सुस्मा लामा २२ माघदेखि सम्पर्कविहीन थिइन् । उनको शव एक महिनापछि तारेभिरको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनामा अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान थालेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

उनका अनुसार, घटना शंकास्पद देखिएपछि कार्यालयले सोधपुछ र प्राविधिक जाँच थालेको छ । यसअघि लामाको परिवारले उनको खोजतलासका लागि भन्दै प्रहरी वृत्त, बौद्धमा निवेदन दिएको थियो ।