कोहलपुरद्धारा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कब्जा

काेहलपुर ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड कोहलपुर नगरपालिकाले कब्जा गरेको छ ।

‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि पनि कोहलपुर नगरपालिकाले जीतेसँगै शिल्ड पच गरेको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले बताए । कोहलपुर नगरपालिकाले यसअघि लगातार दुई वर्षदेखि उपाधि जित्दै आएको थियो ।

कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो ।

उसुमा कोहलपुर बाहेक कुनैपनि पालिकाले सहभागिता जनाएका थिएनन् । शिल्डमाथि कब्जा जमाएपछि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्र्रसाद आचार्यले खेलाडीहरुलाई बधाई दिए ।

उनले यो जीत सम्पूर्ण कोहलपुर नगरबासीको भएको भन्दै खेलकुद क्षेत्रमा स्थानीय सरकारको लगानीको औचित्य पुष्टि भएको बताए । उनले आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि थप योजना र नीति बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

उहाँले कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने गरी पालिका लागि परेको समेत प्रष्ट पारे । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिएर काम गरिरहेको बताए ।