Kohalpur Today Header Ads

यातायात कार्यालय कोहलपुरमा ल्याउने मन्त्री ज्वालाको प्रतिबद्धता




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि महोत्सव सुरु भएको छ । ‘मेहनत, सिर्जना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ पाचौं प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव-२०८० आजबाट सुरु भएको हो । महोत्सवका प्रमुख अतिथि तथा भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोत्सवको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै मन्त्री ज्वालाले कोहलपुरमा यातायात कार्यालय स्थापना हुनुपर्ने बताए । यातायात कार्यालय लुम्बिनी प्रदेश सरकारको मातहतमा हुने भएकोले केन्द्र सरकारले यस बारे कुनै निर्णय लिन नसक्ने भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले नै पहल गर्नुपर्ने बताए ।

LIfe Ok

‘कोहलपुर—२ तेह्र विगाहमा लाईसेन्सको ट्रायल सेन्टर पनि छ,’ उनले भने, ‘कार्यालय नै कोहलपुरमा स्थापना भयो भने थप प्रभावकारी सेवा प्रदान हुनेछ ।’ कोहलपुर तीन प्रदेशको केन्द्रविन्दु रहेकोले भौगोलिक दृष्टिकोणले पनि उपयुक्त र राजमार्गसँग जोडिएकोले यातायात कार्यालय कोहलपुर हुनुपर्ने उनको भनाई थियो । यथासिघ्र कार्यालय स्थानान्तरणको प्रक्रिया अगाडी बढाउन मन्त्री ज्वालाले प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

मन्त्री ज्वालाले आफ्नै कार्यकालमा चप्परगौंडीदेखि सल्यानको घुईयाबारीसम्म जोड्ने सडक निर्माण कार्य अगाडी बढ्ने दावी गर्दै सडक निर्माणमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए ।

महोत्सव सुरुको दिनमा कोहलपुर नगरपालिका भित्रका विभिन्न झाँकीहरुको प्रर्दशन भएको थियो । जसमा दलित सेवा समाजको महिलाहरुको ‘पञ्चेबाजा’, गन्दर्र्भ समाजको ‘सारङ्गिको धुन’, जाजरकोटी समाज, दैलेखी समाज, थारु समाज लगायतले आ-आफ्नो प्रस्तुती देखाएका थिए ।

महोत्सवमा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी नमूना, संघिय सभा सदस्य सुर्य ढकाल, सभा सदस्य दुर्गा प्रसाद चौधरी, बसन्ती अधिकारी लगायत दर्जन बढिले भाषण गरेका थिए । महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका संयोजक हेम विक्रम जिसीले महोत्सव सञ्चालनमा सबैको सहयोगको अपेक्षा गरेको र केही कमीकमजोरी भएमा हामीलाई जानकारी गराउन अनुरोध गरेका थिए । झाँकीमा सहभागि सम्पूर्ण तथा दर्शकहरुलाई जिसीले हार्दिक कृतज्ञता व्यक्त गरे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार