शर्मिला जैसी, कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर १ कार्यालयद्वारा दुई जनालाई सम्मान गरेको छ । कोहलपुर वडा नम्बर १ का सचिवमा कार्यरत कर्मचारी मिन बहादुर विक र अनेरास्ववियुको बागेश्वरी क्याम्पस एकाइ कमिटीको अध्यक्ष रेशम ढकाललाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै कोहलपुर वडा नम्बर १ का अध्यक्ष गोपिलाल खनालले युवा नेतृत्वलाई थप उर्जा दिनका लागि सम्मान गरेको बताए । अहिले युवाहरुलाई थोरै उर्जा दिएपनि धेरै काम गर्न सक्छन् त्यसैले हामीले दिएको उर्जाले भविष्यमा राम्रो हुन्छ भने त्यसको लागि वडा तत्पर रुपमा लागिरहेको बताए ।

यस्तै कोहलपुर वडा नम्बर १ का सचिवमा कार्यरत कर्मचारी मिन बहादुर विक अहिले कोहलपुर नगरपालिका स्तरीय निजामति कर्मचारी संगठनको सचिवको रुपमा सर्वसम्मत निर्वाचित भएको भन्दै सम्मान गरिएको हो । यस्तै बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेका रेशम ढकाललाई पनि अनेरास्ववियुको बागेश्वरी क्याम्पस एकाइ कमिटीको अध्यक्ष निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो । साथै वडा सदस्यहरूकाे समेत सहभागिता रहेकाे थियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्