Kohalpur Today Header Ads

उवासंघ कोहलपुरको अध्यक्षमा प्रदिप भट्टराई विजयी




कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रदिप भट्टराई विजयी भएका छन् । लोकतान्त्रिक प्यानल समूहका ३ जना बाहेक अरु सबै विजयी भएका छन् ।

लोकतान्त्रिक प्यानल समूहका बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उपाध्यक्ष बस्तुगतमा राकेश विष्ट, महासचिवमा दिपक बहादुर भण्डारी, उपमहासचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा भुमिराज कंडेल विजयी भएका हुन ।

LIfe Ok

यस्तै प्रगतिशिल प्यानलबाट उम्मेदवार बनेका उपाध्यक्ष उद्योगमा अर्जुन प्रसाद सुवेदी र सह-कोषाध्यक्षमा टंक प्रसाद खनाल विजयी भएका हुन् ।

यस्तै सदस्यहरुमा लोकतान्त्रिक प्यानल समूहबाट उम्मेदवार भएका अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण प्रसाद श्रेष्ठ, गिरधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, श्रीधर घिमिरे, किरण कुमार वि.क. र ममत थापा, सिता योगी अधिकारी विजयी भएका हुन् भने प्रगतिशिलबाट अंकित सिग्देल र ढक बहादुर थारु विजयी भएका हुन् ।

एसोसियट्सतर्फ लोकतान्त्रिक प्यानल समूहका राजेन्द्र प्रसाद रिजाल विजयी भएका हुन् ।

कार्तिक ३ गते भएको निर्वाचनमा उवासंघका कुल १ हजार ६ सय ६८ जना मतदाता छन् भने १ हजार ४ सय ९५ मत खसेको थियो । एसोसियट्सतर्फ ५५ मत खसेको थियो । यो कुल मतदाता संख्याको ८८.६७ प्रतिशत हो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार