कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्र्कमा ५० लाखको लगानीमा खाद्यान्न सप्लायर्स सञ्चालनमा आएको छ ।
आइतबार मध्यपश्चिम जनसेवा यातायात प्रा.लि. का अध्यक्ष तथा मध्यपश्चिमाञ्चल पेट्रोलियम एशोसिएसनका अध्यक्ष विश्वराज खनालले सप्लायर्सको उद्घाटन गरी सञ्चालनमा आएको हो ।
पब्लिक किराना तथा खाद्यान्न सप्लायर्सका सञ्चालक दुर्गराज विकले कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलाई लक्षित पारेर खाद्यान्न सप्लार्य सञ्चालन गरेको बताए ।
उनका अनुसार ५० लाखको लगानीमा दैनिक उपभोग्य सामान सहित खाद्यान्न समेत ढुवानीको व्यवस्था रहेको सञ्चालक विकले बताए ।
प्रकाशित मिति : २०७८ फागुन २९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्