तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा माग गर्दै राष्ट्रिय युवा संघद्वारा नेपालगञ्जमा मसाल जुलुस

काेहलपुर ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेले मंगलबार नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुगेर समापन भएको थियो ।

युवा संघका नेता कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय विपी चौक क्षेत्र अशान्त भएको थियो ।  मसाल जुलुसको समापन गर्दै युवा संघ बाँकेका इन्चार्ज खेमशर्माले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको थियो ।