काेहलपुर ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेले मंगलबार नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुगेर समापन भएको थियो ।

युवा संघका नेता कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय विपी चौक क्षेत्र अशान्त भएको थियो । मसाल जुलुसको समापन गर्दै युवा संघ बाँकेका इन्चार्ज खेमशर्माले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको थियो ।




कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्