कोहलपुरमा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा

कोहलपुर ।

कोहलपुर नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण सुरु गरेको छ । आजबाट वडा नं.१ देखि १५ सम्मका ७५ जना विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा (बल्याङ्केट) वितरण गर्न सुरु गरिएको हो ।

कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले ४ वटा वडा बाहेक अन्य सबै वडामा आज न्यानो कपडा वितरण गरिएको बताइन् । उनका अनुसार ३, १२, १४ र १५ वडामा आइतबार वितरण गर्ने शाहले बताइन् ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले वडा नं.११ वडामा बस्ने लादी थारुलाई न्यानो कपडा प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

सुवेदीले विपन्नमा पनि अति विपन्न जेष्ठ नागरिकलाई जाडोमा केही राहत सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा प्रदान गरिएको बताईन् ।

उनले सकेसम्म सबै जेष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिएपनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर बल्याङ्केट प्रदान गर्नु परेको उल्लेख गरिन् ।

यस्तै वडा नं.११ की वडाअध्यक्ष कल्पना अधिकारीले आवश्यकताको पहिचान गरेर व्यक्तीहरु छनौट गरि न्यानो कपडा प्रदान गरिएको बताइन् ।

उपशाखामा कार्यरत तारा भण्डारीका अनुसार एउटा वडामा पाँच जनाका दरले १५ वटा वडामा ७५ जना विपन्न जेष्ठ नागरिकको पहिचान गरी बल्याङ्केट वितरण गर्न सुरु गरिएको बताइन् ।

वडाको सिफारिसका आधारमा व्यक्तिको पहिचान गरि बल्याङ्केट वितरण गरएिको बताइन् । त्यसका लागि पालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो ।