सुदाम शर्मा, रुकुम पश्चिम ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम जनतासंग माओवादी, मध्यपहाडि लोकमार्ग अभियान अन्र्तगत आज रुकुम पश्चिमको चौरजहारीमा विशाल जनसभाको आयोजना गरिने भएको छ । जनसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित अन्य शिर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
चौरजहारीमा हुने जनसभामा जिल्लाका सबै पालिकाबाट नेता तथा कार्यकर्ता सहित सर्वसाधरणहरुको ठुलो सहभागीता रहने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । प्रचण्डले जनसभामा सम्बोधन गर्नुका साथै त्यसअघि सहिद परिवारसंग भेटघाट समेत गर्ने समेत कार्यक्रम रहेकोछ । प्रचण्डले विहान चौरजहारी पार्टी कार्यालयमा शहीदपरिवारहरु संगै, जनयुद्धका घाईते, आपांग, पूर्व जनमुक्ति सेनाको टिमसंग भेटघाट गर्नेछन ।
त्यस्तै चौरजहारी नगरपालिकाको कार्यालय अवलोकन र कर्मचारीहरुसंग भेटघाट समेत गर्नेछन । प्रचण्डले चौरजहारीको जनसभा समापन लगतै मुसिकोटको यात्रा प्रस्थान गरी सदरमुकाम खलंगाको शेरीगाउँ शहीदप्रतिष्ठानमा आयोजना गरिएको जनसंसाद कार्यक्रममा सहभाभी हुनेछन । मंगलबार प्रचण्ड रुकुम पश्चिम सदरमुकाम खलंगामा नै बास बसेर ७ गते विहान पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट तर्फ लाग्ने कार्यक्रम तय गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्