फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय




काठमाडौं ।

नेकपा माओवादी केन्द्रले फागुन १ देखि तीन दिन विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकले फागुन १, २ र ३ गते विधान महाधिवेशन गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य गणेश शाहले सेतोपाटीलाई जानकारी दिए।

विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो। उक्त मस्यौदालाई तल्लो कमिटीसम्म पुर्‍याएर सुझाव संकलन गर्ने निर्णय आजको बैठकले गरेको शाहले जानकारी दिए।

पार्टीको तल्लो कमिटीबाट मस्यौदाबारे प्राप्त सुझावबारे छलफल र निर्णय गर्न माघको अन्तिम साता पुनः स्थायी कमिटीको बैठक बस्नेछ। ‘सो बैठकले मस्यौदाबारे निर्णय लिनेछ,’ विधान मस्यौदा समितिका सदस्य समेत रहेका शाहले भने।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार