नेकपा माओवादी केन्द्र कोहलपुर ५ को अध्यक्षमा धिताल

oppo_2

कोहलपुर ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा मेगलाल धिताल निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रले जिल्लाका सबै वडाहरुमा जेठ मशान्त भित्र वडा सम्मेलन गरिसक्ने भन्ने जिल्ला पार्टीको निर्देशन अनुसार शनिबार कोहलपुर वडा नम्बर ५ मा भएको छैठौं वडा सम्मेलनबाट धिताल सर्वसम्मत रुपमा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा सम्मेलनबाट उपाध्यक्षमा प्रतिमा पराजुली, सचिवमा चन्द्र बहादुर सुनार, सह-सचिवमा रिम बहादुर चन्द र कोषाध्यक्षमा कल्पना पुन सहित १३ सदस्यीय वडा समिति गठन गरेको छ ।

नेकपा माओवादी केन्द्र कोहलपुर वडा नम्बर ५ को वडा सम्मेलनमा वडाका १ सय १६ जना पार्टी सदस्य प्रतिनिधि रहेका थिए ।

वडा सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पार्वती पुन ‘उषा’ ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त नयाँ संविधान र गणतान्त्रिक व्यवस्थाको रक्षा गर्न नेपाली जनता एक भएर लाग्नुपर्ने बताइन् । उनले माओवादी भित्र मौलाउदै गएको विकृतिलाई चिर्न नेता तथा कार्यकर्ता रुपान्तरण हुन जरुरी रहेको बताइन् ।

यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले पार्टीका नेताहरु जनताका समस्यासंग एकाकार भएर अगाडी बढ्नुपर्ने बताउँदै समुदायका समस्यालाई समाधान गर्न तिर निरन्तर रुपमा नेता तथा कार्यकर्ता लाग्न सके मात्र पार्टी बलियो हुने बताए ।

यस्तै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रेंणुका खड्का, प्रदेश समिति सदस्यहरु तुलाराज बिष्ट, अशोक पोख्रेल, कोहलपुर नगर उपाध्यक्ष बल बहादुर खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

वडा भित्र रहेका सहिद परिवार पूर्व जनमुक्ति सेना ज्येष्ठ कम्यूनिष्ट सदस्य पुर्व वडा अध्यक्ष सहित २६ जनालाई सम्मान गरिएको थियो ।