नेशनल प्याब्सन बैजनाथ कमिटीद्वारा बाल आश्रमलाई खाद्यान्न सहयोग




काेहलपुर ।

नेशनल प्याब्सनको २६औ स्थापना दिवसको अवसरमा नेशनल प्याब्सन बैजनाथ कमिटीले बैजानाथ गाउँपालिका वडा न ३ स्थित समताको घर बालश्रममा रहेका १२ जना बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेसनरीसहयोग गरेको छ ।

नेशनल प्याब्सन बैजानाथ कमिटी अध्यक्ष कमान सिंह थापा सहितका पदाधिकारीले सहयोग सामाग्री बालआश्रमका संचालक गणेश विष्टलाई हस्तान्तरण गरेका थिए ।

आश्रमलाइ ६ बोरा चामल,५ लिटर तेल,५ किलो दाल,कपि ,कलम लगायतका स्टेसनरी सामाग्री सहयोग गरेको नेशनल प्याब्सन बैजानाथ कमिटीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार