कोहलपुर २७ पुस
बाँकेको कोहलपुर नगरपालिका वडा न १४ हवल्दारपुर स्थित एक्सल कम्प्युटर ईन्स्टिच्युट सेन्टरले शुक्रबार नेपालगन्ज स्थित निलसागर सेवा श्रमलाइ खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।
राष्ट्रिय एकता दिवसको अवसरमा सेवाश्रममा रहेका ३० जनालाइ न्यानो टोपी, पन्जा तथा खाद्यान्न सहयोग गरेको ईन्स्टिच्युटका प्रबन्ध निर्देशक इमरान हास्मीले बताए!

हामीले चिसो बढ्दै गरेकोले सेवा श्रममा रहेका व्यक्तिहरुलाइ सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले सक्दो सहयोग गरेका हौ हास्मीले भने आफुले गरेको सहयोग सानो भएपनि मानव सेवामा लागौ भन्ने सन्देश जाओस् भन्ने उद्देश्यले सहयोग गरिएको हास्मीले बताए ।सहयोग कार्यक्रममा बिपन पौडेल,पुष्पा बोहरा ,अमिता पौडेल ,अस्मिता वली रेश्मी वली आश्रमका पदाधिकारी लगायतको सहभागीता रहेको थियोे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्